काठमाडौं– सरकारले आज बुधबारदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई बुधबारदेखि कडाइका साथ लागु गर्ने भएको हो।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो। तर, उक्त समयमा जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पका कारण कार्यान्वयन हुन सकेको थिएन।
अब भने ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए/नभएकोबारे बुधबारदेखि नै अनुगमन थाल्ने वातावरण विभागले जनाएको छ। पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गरिनेछ।
त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने गरिनेछ।
गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो। तर, यो कार्यान्वयन भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।