काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बुधबार पनि बस्दैछ। बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने तय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
बैठकमा आउँदो मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी समितिलाई पूर्णता दिने लगायतका छलफल हुने नेताहरूले बताएका छन्।
माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
मंगलबारको बैठकले नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई आफ्नो पार्टीको चुनाव चिह्न दिने निर्णय गरेको थियो। जसअनुसार मंगलबार नै माओवादी केन्द्र र नेसपाले एकल चिह्नबाट चुनाव लड्नेगरि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।