काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै 'बाटोको यस्तो हविगत बनाउने व्यक्तिको घरमा अंगरक्षकजस्तै बसेर कुन नैतिकताले देश बनाउँछु भन्नु' भन्दै प्रश्न गरेका छन्।
उनले उपत्यकाको फोहोर लैजान प्रयोग हुने ककनीको बाटो विगत ८ वर्षदेखि बिगार्ने मान्छेलाई नै प्रचण्डले संरक्षण गरेको मेयर शाहको आरोप छ।
उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, ‘प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’
यस अघि पनि निर्माण व्यवसायी रहेका प्रचण्डका घर बेटीले समयमा सडक निर्माण पुरा नगरेको भन्दै विभिन्न स्थानमा विरोध गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।