काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अर्थिक वर्षमा २ खर्ब ५५ अर्ब रुपैयाँले शोधानान्तर घाटामा गएको छ।
असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्ष असार मसान्तमा १ अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो।
उच्च आयातको कारण गतवर्ष शोधानान्तर २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा गएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंङकका अनुसार जेठ मसान्तसम्म ९ अर्ब ४५ करोड अमेरिकी डलरले विदेशी सञ्चिति थियो।
यस्तै असार मसान्तसम्म १० करोड अमेरिकी डलरले बढेर ९ अर्ब ५४ करोड रुपैयाँ अमेरिकी डलरको सञ्चिती रहेको बैंकले जनाएको छ।
जेठ मसान्तसम्मको तुलनामा विदेशी मुद्राको सञ्चितीमा सुधार आएको देखिएको छ। जेठ मसान्तमा २ खर्ब ६९ अर्बले शोधानान्तर घाटा थियो।
असारमा शोधानान्तर स्थितिमा भने केही सुधार आएको छ। मुद्रास्फीति ६.३२ प्रतिशत रहेको राष्ट्र बैंकले मंगलबार जारी गरेको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।