काठमाडौं– आसन्न मंसिरको निर्वाचनलाई केन्द्रमा राखेर नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। दल दर्ता गर्न उपसभापति धनराज गुरुङ नेतृत्वको टोली आयोग पुगेको थियो।
आयोग पुगेका गुरुङले आगामी निर्वाचनमा टिकट बाँड्दा न्यायोचित ढंगले बाँडिने बताएका छन्। कांग्रेस ठूलो र पुरानो दल भएकाले स्वभाविक रुपमा धेरैको दाबी रहे पनि सबैलाई समेटिने बताएका छन्।
‘टिकट बाँढ्दा न्यायोचित व्यवस्थापन गर्ने र टिकट बाँड्दा योग्यता क्षमताका आधारमा प्रदान गरिने छ। देखिँदा, हेर्दा, र सुन्दा न्ययोचित भएको अनुभूत गराउँछौं,’ गुरुङले भने,‘पुरानो दल हो आकांक्षी धेरै छन् तर सबैलाई समेट्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।