• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिध सभाको शून्य समय: काठमाडौंको फोहोर व्यवस्थापनदेखि दुर्गममा विमानस्थल सञ्चालनबारे सरकारको ध्यानाकर्षण  

64x64
नेपाल लाइभ मंगलबार, साउन ३१, २०७९  १५:००
1140x725

काठमाडौं– मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद्‌हरुले रोजगारदेखि भौतिक पूर्वाधारको विकासमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद्हरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता, सडक निर्माणमा ठेकेदारले गरेको ढिलासुस्ती, काठमाडौंको फोहोर व्यवस्थापनको समस्या र रुकुमको चौरजहारी विमानस्थल सुरु नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए। 

सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रकी सांसद सत्य पहाडीले  बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको टिप्पणी गरिन्। सांसद पहाडीले उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गरिन्। 

स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सिर्जना गर्ने काममा ध्यान दिन पनि पहाडीले सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद पहाडीले भनिन्– बजेट भाषणमा सुन्न र पढ्न पाइने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै बनिरहेका छन्। यथार्थमा विद्यार्थीहरुले शैक्षिक कर्जाको उपयोग गर्न पाइरहेका छैनन्। त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असारे विकासजस्तै औपचारिकता मात्रै बनिरहेको छ। तसर्थ स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रलाई प्रदान गरिने सहुलियत सहितको कर्जालाई एकीकृत गरी स्थायी प्रकारणको रोजगार सिर्जना गर्न ध्यान देओस् भनेर सभामुख महोदयमार्फत् नेपाल सरकारलाई जोडदार माग गर्दछु। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाए।  ठूला उद्योगी र व्यवसायीहरुले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरुले बैकबाट ऋण नै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै पण्डितले सरकारको चर्को आलोचना गरे।  

nimb
nimb
Ncell 2
Ncell 2

सांसद पण्डितले भने–  देशको विकास, निर्माणको कानुन तीव्र गतिमा अगाडि बढेन। किनभने ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीति अन्तर्गत गए। काम गर्ने नीति अन्तर्गत गएन। त्यसकारण विकास अवरुद्ध भएको छ। देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे। त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन। साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु।

सत्ता गठबन्धनको दल नेपाली कांग्रेसकी सांसद हिरा गुरुङले काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा पनि बढी भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद गुरुङले बाढीपहिरो र डुबान पीडितहरुलाई राहत दिने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराइन्। 

सांसद गुरुङले भनिन्– हरेक वर्ष नयाँनयाँ समस्याको रुपमा देखा परेको फोहोर व्यवस्थापन यसपाली झनै ठूलो समस्याको रुप लिएर आयो। पूरै काठमाडौं दूर्गन्धित भइसकेको छ। सरकारले महानगरको र महानगरले सरकारको मुख हेरेर बस्न मिल्दैन। प्रशासन लगाएर बञ्चरेडाँडामा २०० टिपर फोहोर फाल्दैमा सरकारले काम गरेको भन्न मिल्दैन। यसको दीर्घकालीन समस्या समाधानको निम्ति काम गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। वर्षेनी जाने बाढीपहिरोले जनधनको क्षति भएका जनताहरुलाई उचित व्यवस्थापन गर्ने भनिए पनि कार्यान्वयन पक्ष ढिलासुस्ती भएको हुँदा पीडितहरु आक्रोशित भएका समाचारहरु अखवारहरुमा दिनहुँजस्तो आइरहन्छ। जुरे पीडितले अझै पनि बासको व्यवस्था नपाएकाले ती पीडितहरुलगायत सबैलाई बासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।

सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरहजारी विमानस्थलको सेवा सुचारु गराउन सरकारसँग माग गरे। उनले मध्यपहाडी सडकअन्तर्गतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गरे। सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाइ हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गरे। 

सांसद बस्नेतले भने– जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई पायक पर्नेगरी केन्द्र भागमा स्थापना भएको चौरहजारी विमानस्थलमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा दिँदै आएको थियो। तर केही वर्षयता सो सेवा बन्द अवस्थामा छ। सरोकारवाला जिल्लाका जिल्ला प्रशासन कार्यालयहरु, उद्योग, व्यवसायी संघ, संस्थाहरुसहित हामी जनप्रतिनिधिहरुले बेलाबेलामा पटक पटक हवाई सेवा सुचारु गर्नका लागि वायु सेवा निगमको कार्यालयमा अनुरोध गर्दै आएका छौं र लिखित अनुरोध पनि गर्दै आईरहेका छौं। पूर्वाधार तयार भएको छ। कालोपत्रे सहितको रनवे छ, तर पनि सेवा संचालन हुन सकिराखेको छैन। तत्काल सेवा संचालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु। मध्यपहाडी सडकको भेरी नदीमा पर्ने पुल निर्माण कार्य सुरु भएको दशक भइसक्यो। तर २० प्रतिशत पनि काम अहिलेसम्म हुन सकेको छैन। र, त्यो निर्माण कार्य सम्पन्न नहुनुको कारण के हो ? त्यो कुराको खोजीसहित निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’
सम्बन्धित सामग्री
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
एमालेको सचिवालय बैठक २५ असारमा शीर्ष तहमा देखिएका मतभेद र नीतिगत अन्योल चिर्न एमालेले आगामी असार २५ गतेका लागि केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै आइतबार, असार २१, २०८३
एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’ आइतबार, असार २१, २०८३
एमालेको सचिवालय बैठक २५ असारमा आइतबार, असार २१, २०८३
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्