सल्यान– लेनदेनको विषयलाई लिएर आफन्तमाथि एसिड प्रहार गर्ने १ पुरुषलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत छन्।
प्रहरीका अनुसार सोमबार साँझ मादक पदार्थ सेवन गरी रावतले आफ्ना भाइसहित ३ जना नातेदार (आफन्त)माथि एसिड प्रहार गरेका थिए।
एसिड प्रहारबाट ३ जना घाइते भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरी टोलीले रावतलाई पक्राउ गरेको हो। प्रहरीले रावतको साथबाट २२ लिटर एसिड समेत बरामद गरेको छ।
एसिड प्रहारबाट घाइते भएका ३ जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।