काठमाडौं–नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक फिर्ता गरिएको भन्दै वीरगन्जमा विरोध प्रदर्शन गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमूक राजनीतिक शक्तिको इशारामा विधेयक फिर्ता गरेको भन्दै वीरगञ्जस्थित घण्टाघरमा ‘विरोध प्रदर्शन तथा सचेतना सभा’ गरिएको कांग्रेस नेता रामनिवास यादवले बताए।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो। उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन्।
उक्त विधेयक पारित नहुँदा उमेर पुगेका नागरिकहरु नागरिकता प्राप्त गर्नबाट वञ्चित भएको भन्दै त्यसको विरोधमा कांग्रेस क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र नं २ पर्साले विरोध प्रदर्शन गरेको नेता यादवले बताए।
एउटै व्यवस्था भएका नागरिकता सम्बन्धी ध्यादेश जारी गर्न सक्ने र प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको ऐन फिर्ता पठाउने राष्ट्रपतिको कदम गैर जिम्मेवार भएको नेविसंघका नेता सुदीप साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।