काठमाडौं- आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रयोग हुने मतपत्रको विषय बहसमै छ। निर्वाचन आयोगले यसपल्ट मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ।
निर्वाचन आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चारवटा अलग–अलग मतपत्र हुनेछन्।
आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मतपत्र छाप्ने तयारी गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
यद्यपि सर्वदलीय सहमति अझै हुन सकेको छैन। आयोगले २०४८ यता गरेका हरेक निर्वाचनमा फरक मतपत्र बनाउँदै आएको छ।
२०४८ सालयता भएका स्थानीय र संघीय निर्वाचनमा प्रयोग भएका मत यस्ता छन्:









तस्विर स्रोत : निर्वाचन आयोग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।