काठमाडौं– एमाले सांसद लालबाबु पण्डितले ठेकेदारहरूले काम गर्ने भन्दा पनि ठेक्का कब्जा र ठूला उद्यमीले बैंक कब्जा गरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै पण्डितले उक्त धारणा राखेका हुन्।
‘ठूला ठेकदारहरू ठेक्कापट्टा कब्जा गर्ने नीतिमा गए। काम गर्ने नीति अन्तर्गत गएनन्। त्यसकारण विकास अवरुद्ध भएको छ,’ सांसद पण्डितले भने, ‘ठूला उद्योगी र व्यवसायीले बैंक आफ्नो कब्जामा लगे, त्यसकारण साना व्यवसायीले बैंकबाट ऋण पाउने स्थिति भएन। त्यसकारण साना उद्योग र व्यवसाय धारासायी हुँदै गइरहेकोका छन्। यसतर्फ सरकारलाई ध्यानाअकर्षण गराउँदछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।