काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई आफ्नो पार्टीको चुनाव चिह्न (हँसिया–हथौडा)बाट चुनाव लड्न दिने भएको छ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले यो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।
बाबुराम र वामदेवहित उनीहरूका पार्टीका अन्य उम्मेदवारलाई पनि माओमावादीकै चुनाव चिह्नमा लड्न स्वीकृति दिने निर्णय भएको महराले बताए।
बाँकी उनीहरूले राखेका केही सर्तमा उनीहरूसँगै थप छलफल गर्ने र आफ्नो पार्टी सत्ता गठबन्धनमा समेत भएकाले गठबन्धनभित्र पनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको महराले बताए।
माओवादीको स्थायी समिति बैठक भोलि बुधबार बिहान ८ बजे फेरि बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।