काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै थापाले फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।
उनले बालेन केही गरौँ भन्ने सोच भएका व्यक्ति भएका र फोहोरमैला व्यवस्थापन उनको ठूलो चुनौति रहेको बताएका छन्।
'त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ। त्यतिञ्जेल विगतमा झैं सबैले हरसम्भव सहयोग गर्नुपर्छ। फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन', थापाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।