काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज मंगलबार निर्वाचन आयोग जाने कार्यक्रम छ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि मंगलबार सकिँदैछ।
आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ।
आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन्। मंगलबार नै नेपाली कांग्रेस पनि दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।