काठमाडौं– नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम आज मंगलबार समापन गर्दै छ।
कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि सोमबारदेखि अभिमुखीकरण कार्यक्रम गरिएको थियो।
ललितपुरको सानेपास्थित होटल हेरिटेज प्लाजामा जारी अभिमुखीकरण कार्यक्रमलाई सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिधिधका लागि प्रशिक्षण आयोजना गरेको हो।
कार्यक्रममा ७०० बढी जनप्रतिनिधिहरूको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।