काठमाडौं– काठमाडौं उपत्यकामा लेन अनुशासन पालना नगर्ने ७८ सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १३५ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ६६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३ र अन्य ३०२ गरि ६५६ वटा सवारी चालकलाई कारबाही गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।