काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको छ।
बैठकमा आसन्न मंसिर ४ गतेलाई तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी समितिको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा डा बाबुराम भट्टराईको पार्टीले माओवादीसँग एउटै चुनाव चिह्न र घोषणापत्रमा चुनाव लड्न गरेको प्रस्तावबारे पनि छलफल हुने नेताहरूले बताएका छन्। यस्तै, समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।