काठमाडौं– बलिउड अभिनेता जोन अब्राहमको नयाँ फिल्मको घोषणा भएको छ। ‘तारिक’ नामको उनको फिल्म भारतको स्वतन्त्रता दिवसका दिनमा घोषणा भएको हो।
फिल्मको घोषणाको जानकारी जोन आफैंले सामाजिक सञ्जालमार्फत् दिएका हुन्। फिल्ममा उनी अभिनयसँगै सहनिर्माताका रुपमा रहेका छन्। फिल्म घोषणाको जानकारी दिँदै जोनले लेखेका छन्, ‘स्वतन्त्रताको ‘तारिक’ १५ अगस्ट २०२३। राम्रो कथा भन्ने स्वतन्त्रताको उत्सव मनाउने समय।’
जोनको आगामी फिल्म ‘तारिक’को निर्देशन अरुण गोपालनले गर्नेछन्। फिल्मलाई जोनसँगै सन्दीप लेजेलल र शोभना यादवले निर्माण गरेका हुन्। फिल्मको कथा ललित मराठेले लेखेका हुन्।
जोन अब पर्दामा शाहरुख खानको फिल्म ‘पठान’मा देखिनेछन्। त्यसबाहेक उनी आगामी वर्ष जनवरीमा प्रदर्शन हुन लागेको फिल्म ‘तेहरान’मार्फत् दर्शकमाझ आउँदै छन्। उक्त फिल्ममा मानुषी छिल्लरको पनि मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।