काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ। राप्रपाको सोमबार बसेको कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।
यसका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए। लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ।
सोमबार नै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले पनि विचार मिल्ने दलहरुसँग तालमेल गर्ने निर्णय गरेको थियो। राप्रपाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सह प्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।