फाइल तस्बिर काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्रोत्साहन दिनुपर्ने बताएका छन्। प्रोत्साहन नदिएकै कारण जनशक्ति उत्पादनले गति लिन नसकेको उनले बताए।
महसंघले सोमबार काठमाडौंमा स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्ति उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पु¥याउन जरुरी रहेका बताए। नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको उनकोे भनाई थियो।
स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्रै व्यापक खाँचो रहेको तर त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको उनले बताए। प्राविधिक जनशक्ति तयार गर्ने प्रणाली स्थापना गर्न राज्यले प्राथमिकता काम गर्नुपर्ने बताए ।
स्वास्थ्य बीमामा थुप्रै कमजोरीहरु रहेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमा क्षेत्रमा राज्यले लिएको उद्देश्य पूरा हुन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।