काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) उच्च अंकले बढेको छ। लगातार ६ दिनसम्म ओरालो लागेको सेयर बजार सोमबार भने ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुग्यो।
यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सिटिभ इन्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ विन्दुमा पुग्यो।
सोमबार कारोबारमा आएका सबै समूहको उपसूचक बढ्यो। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.३८ प्रतिशतले बढ्यो। यस्तै, अन्य समूहको उपसूचक ६.२७ प्रतिशतले बढ्दा जलविद्युत् ४.४३ र व्यापार समूहको उपसूचक ४.३८ प्रतिशतले बढ्यो।
सोमबार सेयर बजारमा २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।