काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषयमा अध्ययन गर्न बाँकी रहेको बताएका छन्।
पार्टीका तर्फबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख, उपप्रमुखहरुलाई राखिएको बधाई तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैं कांग्रेस प्रवक्ता महतले भने, ‘संविधानमा व्यवस्था भए बमोजिम जसले नेपाली नागरिकता प्राप्त गरिसकेका छन् उनीहरुका सन्तानले स्वाभाविक रुपमा वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने आसयका साथ आएको नागरिकता विधेयक राष्ट्रपतिलेज्यूले रोक्नुभयो।’
प्रवक्ता महतले भने, ‘संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेको कुरा सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ। के के कारण र आधारमा विधेयक फिर्ता गर्नुभयो, त्यसको अध्ययन गर्न बाँकी छ।’
उनले सरकारले त्यसलाई अध्ययन गर्ला त्यसपछि सरकारले त्यस विषयमा प्रतिक्रिया दिने बताउँदै कांग्रेस पार्टीले पनि त्यस विषयमा आवश्यक छलफल गरेर आधिकारिक धारणा सार्वजिक गर्ने उनले प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।