काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ। बैठकको सुरुवरात गर्दै अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।
थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राखे। अहिले थापाले वर्तमान राजनितीक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्।
बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, प्रदेश अध्यक्षहरुको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री बर्तौलाले जानकारी दिए।
बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए। प्रस्तुत कार्यपत्र र प्रतिवेदनमाथि आजैबाट टिप्पणी सुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।