काठमाडौं– आज सोमबार संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दैछ।
कानुन न्याय तथा मानव अधिकार समिति, शिक्षा तथा स्वास्थ्य समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको छ।
कानुन समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ। सोमबारको बैठकमा छलफलका लागि गृहमन्त्री, गृह मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ।
यसैगरी, शिक्षा तथा स्वास्थ्य समितिको बैठक पनि दिउँसो एक बजेका लागि बोलाइएको छ। बैठकमा छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई बोलाइएको छ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो १ः३० बजेका लागि बोलाइएको छ। बैठक राज्य, व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।