काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक आज सोमबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरि तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
आउँदो मंसिर ४ गतेका लागि तय प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा बैठकमा छलफल हुने उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बन्धमा जारी आन्दोलनको समीक्षालगायत विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।
तेस्रो चरणको आन्दोलनको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ। केही दिन पहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका विषयमा बैठकमा जानकारी गराउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।