काठमाडौं– मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी अन्तर्गतका विभिन्न युनिटले मापसे गरेर सवारी चलाउने १४२ जनालाई कारबाही गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लेन अनुशासन पालना नगर्ने ७२ जना तथा सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ८४ जना पनि कारबाहीमा परेका छन्।
यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका ३७ र अन्य २,५९४ गरि २,९३० वटा सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।