काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले ९ बुँदे टिप्पणीसहित आइतबार नागरिकता विधेयक फिर्ता गरेकी छन्। साउन १५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई राष्ट्रपतिले १४ दिनपछि व्याख्यात्मक टिप्पणीसहित फिर्ता गरेकी हुन्।
नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउँदै राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसमेत पठाएको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले बताए।
नागरिकता विधेयक अपुरो रहेकाे, मधेशको माग सम्वोधन नगरेको, संविधानसँग बाझिएको र नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरुको समग्र अध्ययन आवश्यकलगायत बुँदा उनले समावेश गरेकी छन्।
उनले यी बुँदाका आधारमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन्।
राष्ट्रपतिको सन्देशमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको नागरिकता अध्यादेश किन स्वीकृत गरियो र अहिले नागरिकता विधेयक किन पुनर्विचार गर्न भनिएको हो भन्नेसमेत खुलाइएको उनले बताए।
यस्ता छन् ९ बुँदे टिप्पणी
नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक
नागरिकताका सिद्धान्तहरूमा स्पष्टताको खोजी
नागरिकताको विषयलाई स्थायी रूपमा समाधान गरिनुपर्ने
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा चासो
मधेसको भावना सम्बोधन
स्वघोषणाबारे गम्भीर ध्यानाकर्षण
प्रादेशिक पहिचानबारे संविधानको व्यवस्था ऐनमा नदेखिएको
केपी ओलीद्वारा जारी गरिएको नागरिकता अध्यादेशका सम्बन्धमा
नागरिकता कानुन बनाउन ढिलो गर्नुहुँदैन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।