काठमाडौं–नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकोमा स्वागत गरेको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सामाजिक सञ्जालमार्फत् ‘विवादास्पद नागरिकता विधेयक पुनःविचारका लागि राष्ट्रपतिबाट फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य’ भएको जनाएका हुन्।
उनले अब यसमा बहुमत, अल्पमतभन्दा माथि उठेर सात वर्षे प्रावधान राखेर पास गर्न सत्तापक्ष तयार हुनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।