• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक फिर्ता गरेपछि विवादमा राष्ट्रपति 

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  २१:००
1140x725

काठमाडौं–आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले नागरिकता विधेयकलाई अहिलेसम्म राष्ट्रपतिले स्वीकृत नगरेको भन्दै आपत्ति जनाइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी दल विशेषको हो कि राष्ट्रको हो भनेर प्रश्नसमेत गरिन्।

‘राष्ट्रपतिजस्तो पदमा बसेर राष्ट्रपति दलको हुन्छ कि राष्ट्रको हुन्छ? म यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सिटौलाले भनिन्। 

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक  पारित भएर प्रमाणीकरणका लागि शीतलनिवास पुगेको १४ औं दिन आइतबार अबेर राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाइन्। राष्ट्रपतिले १५ दिनसम्म अध्ययनका लागि विधेयक राख्न पाउने संवैधानिक व्यवस्था छ। 

सांसद सिटाैलाले वर्तमान सरकारले ल्याएको र संसदबाट पारित भएकै विधेयकको प्रावधान राखेर तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएकाे अध्यादेशलाई राष्ट्रपतिले तत्काल लालमोहर लगाएकाे समेत स्मरण गराएकी थिइन्। 

दोहोरो मापदण्ड?
सांसद सिटौलाले भनेजस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि नागरिकता ऐनलाई अध्यादेशमार्फत् ल्याएका थिए। र, राष्ट्रपति भण्डारीले तत्काल प्रमाणीकरण गरेर जारी गरेकी थिइन्।

तर संघीय संसदका दुई वटै सदनबाट पारित भएको विधेयक भने राष्ट्रपति भण्डारीले १४ औं दिनमा संसदमै  फिर्ता पठाइन्।  

उही प्रावधान र उही व्यवस्था रहेको विधेयक अध्यादेशबाट आउँदा तत्काल जारी गर्ने तर संसदबाट आउँदा भने राष्ट्रपतिले अध्ययन गर्ने भनेर बिलम्ब गर्नुले उनीमाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। 

यो बीचमा नागरिकता ऐनमा भएका प्रावधानलाई लिएर आपत्ति जनाउँदै केही संस्थाका प्रतिनिधिहरूले राष्ट्रपतिलाई भेटेर विधेयक रोक्न आग्रह गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

उता राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले यसअघि नै  नेपाल लाइभसँगको संवादमा राष्ट्रपतिले संविधान अनुसार उक्त विधेयकमा आवश्यक व्याख्यासहित निर्णय गर्ने बताएका थिए। 

केही दिन अघिको उक्त सवांदमा ढकालले अहिले नै आशंका गर्न हतार हुने बताएका थिए। 

अब के हुन्छ ?
राष्ट्रपतिले उक्त विधेयक फिर्ता  गरेपछि संविधानको धारा ११३ को उपधारा ४ अनुसार पुन: दुवै सदनमा छलफल गरेर पेश गर्नु पर्ने व्यवस्था रहेको छ। 

‘कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधनसहित पारित गरी पुन: पेस गरेमा त्यसरी पेस भएको पन्ध्र दिनभित्र  राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ,’ संविधानमा व्यवस्था गरिएको छ। 

विचारणीय पक्ष के छ भने प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेले उक्त विधेयक संसदबाट पारित हुँदा केही बुँदामा विरोध गरे पनि मुखर रुपमा भने आएको थिएन।

संसदको प्रतिपक्षी तथा सबैभन्दा ठूलो दलसमेत रहेको नेकपा एमालेले यसमा मौन समर्थन गरेको देखिन्छ। यद्यपी सार्वजनिक उपभोगका लागि केही नेताले यसको विरोध त गरेका छन् तर पार्टीले आधिकारिक रुपमा मौन सर्मथन नै गरेको छ ।

राष्ट्रपतिले १४ दिनसम्म पनि विधेयक जारी नगरेको विषयमा शनिवार प्रधानमन्त्री र राष्ट्रपतिबीच  छलफल पनि भएको  कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले बताए।  

‘राष्ट्रपति भएको दिनदेखि उहाँले निरन्तर आग्रह-पूर्वाग्रह झल्किने गरि काम गर्नु भएको छ। त्यसकारण उहाँ आलोचित भइरहनु भएको छ,’ विश्वकर्माले भने,‘सम्मानित पदमा बसेर विवादित काम नगर्नुहोस् भन्ने हो तर उहाँले गरिरहनु भएको छ। यो दु:ख लाग्दो छ।’

तर विधेयक प्रमाणीकरणको संवैधानिक व्यवस्थाबाहेक अरू विषयमा पार्टीमा तथा गठबन्धनमा छलफल नभएको उनले बताए।

आउँदो मंसिर ४ गते संघीय तथा प्रदेश सभाको चुनाव घोषणा भइसकेको अवस्थामा राष्ट्रपतिको पछिल्लो कदम राजनैतिक मुद्दा बन्न सक्ने विश्लेषकहरु बताउँछन्।  खासगरी विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गर्ना साथ नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान विवादमा रहँदै आएको छ। 

उक्त बुँदाको पक्ष र विपक्षमा बहस चर्कंदा राष्ट्रपति भण्डारीको पछिल्लो कदम पनि आलोचित बन्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्र... बिहीबार, असार ३२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बिहीबार, असार ३२, २०८३
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल... बिहीबार, असार ३२, २०८३
ताजा समाचारसबै
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्