काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गरेपछि सत्तारुढ कांग्रेसले संविधानसम्मत रुपमा अघि बढ्ने प्रतिक्रिया दिएको छ।
नेपाल लाइभसँग कुरा गर्दै कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले संविधानको व्यवस्थाअनुसार संसदमा पुनः छलफल गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने बताए। उनले भने, ‘त्यतिखेर उहाँले प्रमाणीकरण नगरी सुखै छैन।'
दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको उक्त विधेयक १४ दिनपछि राष्ट्रपतिले फिर्ता गरेकी हुन्। नेपालको संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था छ।
उक्त धाराको उपधारा ४ मा कुनै पनि विधेयक राष्ट्रपतिबाट फिर्ता आएमा पुनः दुवै सदनमा पुनःविचार गरेर पेस गर्नुपर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।