दाङ- प्यूठानमा भएको जीप दुर्घटनामा दुई जना बालिकाको मृत्यु भएको छ।
नौबहिनी गाउँपालिका–६ मा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुशिलकुमार थापाले जानकारी दिए।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नौबहिनी गाउँपालिका–५ डामृका रेमसरा बुढामगरकी ४ वर्षीया छोरी करुणा बुढामगर र २५ दिनकी नवजात शिशु चेतना बुढामगरको मृत्यु प्रहरीले जनाएको छ।
बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप बाहाने नजिकै खहरे खोलामा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका १२ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्यूठान प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।