• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आरजुदेखि निधिसम्म : कांग्रेस नेताहरुको लगातार दिल्ली भ्रमणको अर्थ के ?

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  १९:३०
1140x725

काठमाडौं–२०७४ सालमा भएको निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस स्वाभाविक रुपमै प्रतिपक्षी भूमिकामा थियो। तर यसैबीच सत्ताधारी पार्टी नेकपामा विवाद आयो र कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिट्ठा पर्‍यो। उनी पाँचौं पटक प्रधानमन्त्री बन्न पाए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर्‍याउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश नै जारी गरेको थियो। उनले अघिल्लो वर्ष असार २९ मा सपथ लिए।

देउवाले सपथ लिएको एक महिनामै भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आए। कांग्रेसका तत्कालीन सहमहामन्त्री डा प्रकाशशरण महतको निमन्त्रणामा आएका चौथाइवालेलाई कांग्रेस नेतृ आरजु राणाले बालुवाटारमा राखी बाँधिदिएपछि 'राखी कूटनीति' अपनाइएको भन्दै चर्चा भएको थियो। साथै, हिन्दू परम्परा अनुसार उनीहरुबीच दिदीभाइको सम्बन्ध बनेको बताइयो।

बालुवाटारबाट सुरु भएको सौहार्द्र सम्बन्धले अझै निरन्तरता पाइरहेकै छ। उपचारका लागि असार २६ गते दिल्ली गएकी उनले साउन ११ गते चौथाइवालेसँग भेट गरेकी थिइन्। भेटको फोटो सार्वजनिक गर्दै चौथाइवालेले ट्विटरमा ६ महिनाको अन्तरालमा भेट भएको भन्दै खुसी व्यक्त गरेका थिए। आरजु दिल्लीमै रहेका बेला त्यही पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनको भेट भएको थियो। उनीहरुबीच नेपाली राजदूतावासमा भेट भएको हो।

यी सबै पृष्ठभूमिका कारण दिल्ली पुगेर प्रचण्ड र आरजुले आगामी सत्ता सहयात्राको सहमति गरेको चर्चा भएको थियो। उक्त चर्चालाई भने दुवैले अस्वीकार गरेका थिए। प्रचण्डले त दिल्लीमा सहमति नभएको भन्दै त्यो चर्चालाई कुनै गिरोहले आपराधिक हल्ला गरेको भन्दै खण्डन गरे।

सिफारिस
दिल्लीमा सहमति भएको भनेर कुनै गिरोहले आपराधिक हल्ला गरे : प्रचण्ड

प्रधानमन्त्री कार्यालयमा रहेर राजनीतिक सौदावाजीदेखि शक्तिकेन्द्रसम्म चलखेल गरेको आरोप आरजुलाई छ। हुन पनि प्रधानमन्त्री देउवाको यस कार्यकालमा उनको सक्रियता ह्वात्तै बढेको छ।

आरजुपछि पनि कांग्रेस नेताहरुको भारत भ्रमण बाक्लिन थालेको छ। देउवापछि उक्त गुटको नेतृत्व गर्ने नेताको अभाव पूर्ति गर्न आरजुलाई अघि सारिएको र वैदेशिक सम्बन्ध विकास गर्न थालिएको भन्ने चर्चा भइरहँदा अन्य नेताहरुको भ्रमण पनि निरुद्देश्य पक्कै छैन। खासगरी मंसिर ४ को निर्वाचनलाई जोडेर यस्ता भ्रमणको अर्थ केलाउनुपर्ने कांग्रेस नेताहरुकै जिकिर छ।

आरजु फर्केलगत्तै निधि र सुजाता प्रस्थान
आरजु राणा फर्केको केही दिनमै नेपाली कांग्रेसकी नेता सुजाता कोइराला भारत भ्रमणमा गइन्। कोइरालाले  साउन २० गते फेसबुकमा फोटो पोस्ट गर्दै भारत भ्रमणको जानकारी गराएकी हुन्। उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँगको फोटो राखेकी थिइन्। भारतको नोएडास्थित मार्वा स्टुडियोमा आयोजित 'इन्टरनेसनल ओमन्स फिल्म फोरम फेलिसिटेसन सेरेमनी'को प्रमुख अतिथिको रुपमा सहभागी भएकी उनले भाजपाका एक शक्तिशाली नेतालाई भेटेको फोटो सार्वजनिक गर्नु अर्थपूर्ण छ।

भारतमा सुजाताले भाजपाका अन्य नेताहरुलाई पनि भेटेकी थिइन्। पार्टीको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएकी कोइराला राजनीतिमा छायातिर धकेलिएकी छिन्। महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई अस्वीकार गर्दै प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेकी उनी अहिले पार्टीभित्र प्रभावहीन भएकी छिन्। उनले अबको निर्वाचनमा टिकट पाउने सम्भावना कम छ। यसै सन्दर्भमा कोइरालाले भारत भ्रमण गर्नु अर्थपूर्ण भएको कांग्रेसका एक नेताले टिप्पणी गरे।

nimb
nimb
Ncell 2
Ncell 2

भारत भ्रमणबाट फर्केलगत्तै उनले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफू मोरङ- २ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुने घोषणा गरेकी छिन्। उक्त क्षेत्र आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको क्षेत्र भएको र उनले आफ्नो उर्वर समय खर्चिएकाले आफ्नो दाबी स्वतः रहने उनको भनाइ छ। उक्त क्षेत्रमा यसअघि मीनेन्द्र रिजालले टिकट पाएका थिए र जित निकालेका थिए। ‘मोरङ-२ सँग मेरो भावनात्मक सम्बन्ध छ', भारतबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा उनले भनेकी थिइन्, ‘त्यो क्षेत्रको विकास नै मेरो जिन्दगीको लक्ष्य हुने छ।’ 

यसैबीचमा अर्का प्रभावशाली नेता विमलेन्द्र निधिले पनि भारतको भ्रमण गरे।  कांग्रेसका पहिलो पुस्ताका नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र पनि पछिल्लो समय कांग्रेसको राजनीतिमा ओझेलमै पर्दै गएका छन्। कम बोल्ने स्वभावका उनी २०७४ सालको निर्वाचनमा धनुषा-३ मा पराजित भएका थिए। एमालेको समर्थन पाएका राजेन्द्र महतोसँग पराजित भएपछि निधि पार्टी राजनीतिमा पनि जम्न सकेनन्। १४ औं महाधिवेशन सभापति उठे पनि प्रभाव देखाउन सकेनन्। बरु दोस्रो चरणमा उनले देउवालाई नै सहयोग गरे। उनी लामो समयदेखि देउवासँगै निकट थिए।

मंसिरमा हुने निर्वाचनमा निधि फेरि धनुषा-३ बाटै निर्वाचनमा होमिने तयारी गरेका छन्। यसपटक जित निकाल्ने र पार्टी र सरकारमा प्रभाव बढाउने उनको तयारी छ।

निधि साउन १३ गते भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा मिथिलाबासीका तर्फबाट राख्न खोजिएको धनुष र कालीगण्डकीको शिलाबाट मन्दिर बनाउने दुई वटा प्रस्ताव बोकेर प्राविधिक टोलीसहित भारत गएका थिए। त्यसक्रममा उनले उल्लेखनीय राजनीतिक भेटघाट पनि गरे।

दिल्लीमा उनले मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोले, भारतका सडक परिवहनमन्त्री नितिन गडकरी, सत्तारूढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले सहितका नेतासँग भेटघाट गरेका थिए। सबै भेटघाटमा नेपालको आन्तरिक राजनीतिका विषयमा कुराकानी नभएको निधि पक्ष निकटका नेताहरु दाबी गर्छन्। तर, आगामी दिनमा आफ्नो प्रभाव बढाउने उद्देश्य थिएन भनेर विश्वस्त हुन सकिँदैन।

भारतका लागि पूर्वराजदूत तथा नेपाली कांग्रेस नेता दीपकुमार उपाध्याय पार्टीको जानकारी बिना हुने यस्ता भ्रमण नै गलत भएको टिप्पणी गर्छन्। नेपाल र भारतका बीचमा खुल्ला सीमा भएको र अरु कार्यक्रममा पनि आउजाउ हुने भएकाले यस्ता भ्रमण स्वाभाविक देखिने र कम चर्चा हुने गरेको भए पनि संस्थागत नहुँदा समस्या हुने उनको बुझाइ छ। ‘कांग्रेसभित्र मात्र होइन, अहिले त अरु पार्टीमा पनि यस्तै भ्रमण सुरु भएको देखिन्छ’, उनले भने, ‘तर यो कुरा संस्थागत हुन जरुरी छ। नत्र यसले पार्टीभित्र हस्तक्षेप सुरु गर्नसक्छ।’

कांग्रेस नेताहरुको पछिल्लो भ्रमण आ-आफ्नो कामले गएको नदेखिएको उनले बताए। उनले पछिल्लो समय कांग्रेसको भारतसँग सम्बन्ध उतारचढाबमा रहेको बताए। कांग्रेसको विगतमा समाजवादी कित्तामा संगत रहँदै आएको तर पछिल्लो समय हिन्दूवादी र भाजपासँग निकट हुँदै गएकोले आफूहरु भारतसँगको सम्बन्धमा संर्घषरत रहेका छौँ भन्ने देखिएको उनको टिप्पणी छ।

‘भारत भ्रमणमा गएको कतिपय कुरामा नेपालमा धेरै चर्चा मात्र हुने गरेको छ’, उनले भने, ‘यसले धेरै फरक पार्ने देखिँदैन। जे गर्ने हो, पार्टीभित्र गर्नुपर्छ। देशभित्र आफूले गर्न नसकेको अवस्थामा विदेशमा सम्बन्ध राम्रो बनाउँदैमा मात्र हुँदैन।’

काग्रेस पार्टीभित्र पनि यस्ता भ्रमणहरुको जानकारी पार्टीलाई गराएर रेकर्ड राखेर जाने परम्परा बसाउने हो भने अनावश्यक शंका र उपशंका गर्ने आवश्यकता नै नपर्ने उनको सुझाव छ।
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्र... बिहीबार, असार ३२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बिहीबार, असार ३२, २०८३
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल... बिहीबार, असार ३२, २०८३
ताजा समाचारसबै
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्