काठमाडौं–सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले काठमाडौं उपत्यकामा थुप्रिएको फोहाेर व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बैठकले लामो समयदेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहाेरको समस्या यथाशक्य समाधान गर्न र बढ्दै गइरहेको महंगी नियन्त्रणका बारेमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुुसालले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका महासचिव भुसाललगायतका पाँच वटै सत्ता साझेदार दलका नेताहरुको उपस्थित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।