पोखरा– कास्की प्रहरीले लागु औषधसहित २० वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका सनहीका २० वर्षीय दीपेश लोहारलाई शनिबार लागु औषधसहित पक्राउ गरेको हो।
उनको साथबाट नुर्फिन २००, डाईजापाम २०० र फेनरागन २०० गरी जम्मा ६०० एम्पुल लागुऔषध बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको राजमार्ग चेकिङ टोलीले नारायणबाट पोखरातर्फ आउँदै गरेको हाईसमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारेको हो। निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।