• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-बाबुराम सहमतिनजिक : चुनाव चिह्न र घोषणापत्र मात्रै एउटै कि पार्टी पनि एउटै?

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  १५:२९
1140x725

काठमाडौं- तत्कालीन एकीकृत माओवादीबाट सात वर्षअघि अलग्गिएका डा बाबुराम भट्टराई पुनः माओवादी केन्द्रकै निर्वाचन चिह्नबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच संघीय निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिने करिब–करिब सहमति भएको छ।

गत बिहीबार मात्रै प्रचण्ड र भट्टराईबीच ललितपुरमा भेट भएको थियो। भेटमा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। त्यसअघि पनि दुई नेताबीच पटक–पटक भेट हुने गरेको छ। 

तर, ठोस सहमति हुने गरेको थिएन। समाजवादी केन्द्र बनाउने विषयमा दुवै नेताहरु सकारात्मक रहेको बताइन्छ। 

'चुनाव चिह्न र घोषणापत्र एउटै बनाएर उम्मेदवार बन्ने भन्ने सहमति नजिक हो। तर सहमति नै भइसकेकोचाहिँ छैन', नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले नेपाल लाइभलाई बताए।

निर्वाचन आयोगले दुई वा सोभन्दा बढी दललाई एउटै निर्वाचन चिह्नबाट भाग लिने सुविधा दिएको छ। 

'राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४९,  बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ', आयोगले साउन २० गते जारी गरेको विज्ञप्तिमा भनिएको छ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै घोषणापत्र बनाउन पनि सहमति नजिक पुगेका छन्। यस्तो अभ्यास यसअघि पनि भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ सालको निर्वाचनमा वामगठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साझा घोषणापत्र बनाएर निर्वाचनमा होमिएका थिए। 

एउटै चिह्न र एउटै घोषणापत्र बनाएर चुनाव लड्नुको आशय कालान्तरमा पार्टी एकता गर्ने भन्ने बुझिन्छ। एमाले र माओवादी केन्द्रबीच एकता र विभाजन पनि भइसकेको छ।

अहिले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न र घोषणापत्र बनाउन सहमति नजिक पुगे पनि पार्टी एकता नै गर्ने भन्ने विषयमा भने चर्चा नभएको पाण्डेले बताए। 'कालान्तरमा पार्टी एकता गर्ने विषयमा अहिले छलफल भएको छैन। अहिले निर्वाचनमा मात्रै केन्द्रित छौं', उनले भने।

भट्टराईले सार्वजनिक रुपमै कम्युनिस्ट नामको पार्टीप्रति अरुचि देखाउने गरेका छन्। उनले समाजवादी पार्टी बनाउनुपर्ने मत राख्दै आएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता प्रचण्ड र उनी निकटका नेताहरुले भने भट्टराईलाई माओवादीमै फर्किन आग्रह गर्ने गरेका छन्। त्यसो त, कतिपय वामपन्थी पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने चर्चा पनि चलिरहेको छ।

२०७४ सालको निर्वाचनमा भट्टराई गोरखा-२ बाट निर्वाचित भएका थिए। नयाँ शक्तिबाट उम्मेदवार बनेका उनले कांग्रेसको सहयोगमा वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। 

भट्टराईलाई माओवादी निकट बनाउने विषयलाई श्रेष्ठले नरुचाएको प्रचण्ड निकट माओवादी केन्द्रका नेताहरु बताउँछन्। श्रेष्ठ  राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बन्ने योजनामा रहेको बताइन्छ।

शान्ति प्रक्रियामा आएसँगै माओवादीमा तीन ध्रुव थियो, प्रचण्ड, भट्टराई र मोहन वैद्य नेतृत्वमा। त्यतिबेला प्रचण्डले आफूलाई अल्पमतमा पुग्न नदिन श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकता गरेका थिए। 

जुन एकता प्रचण्डका निम्ति सहयोगी पनि भएको थियो। तर पछिल्लो समय प्रचण्ड र श्रेष्ठबीचको सम्बन्धमा दरार आउँदै गएको माओवादीका नेताहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
सम्बन्धित सामग्री
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै सातै प्रदेशका डीआईजीहरूलाई प्रहरी मुख्यालय बोलाउनुका साथै प्रहरीको नीतिगत निर्णय गर्ने पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक आह्... बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) झापा प्रहरीले उनलाई पक्राउ गर्नुको साटो हतारहतार ‘फरार अभियुक्त’को सूचीमा राखेर सरकारी वकिलसमक्ष मुद्दा बुझाएको छ। बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीवार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र प... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्