• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-बाबुराम सहमतिनजिक : चुनाव चिह्न र घोषणापत्र मात्रै एउटै कि पार्टी पनि एउटै?

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  १५:२९
1140x725

काठमाडौं- तत्कालीन एकीकृत माओवादीबाट सात वर्षअघि अलग्गिएका डा बाबुराम भट्टराई पुनः माओवादी केन्द्रकै निर्वाचन चिह्नबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच संघीय निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिने करिब–करिब सहमति भएको छ।

गत बिहीबार मात्रै प्रचण्ड र भट्टराईबीच ललितपुरमा भेट भएको थियो। भेटमा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। त्यसअघि पनि दुई नेताबीच पटक–पटक भेट हुने गरेको छ। 

तर, ठोस सहमति हुने गरेको थिएन। समाजवादी केन्द्र बनाउने विषयमा दुवै नेताहरु सकारात्मक रहेको बताइन्छ। 

'चुनाव चिह्न र घोषणापत्र एउटै बनाएर उम्मेदवार बन्ने भन्ने सहमति नजिक हो। तर सहमति नै भइसकेकोचाहिँ छैन', नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले नेपाल लाइभलाई बताए।

निर्वाचन आयोगले दुई वा सोभन्दा बढी दललाई एउटै निर्वाचन चिह्नबाट भाग लिने सुविधा दिएको छ। 

'राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४९,  बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ', आयोगले साउन २० गते जारी गरेको विज्ञप्तिमा भनिएको छ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै घोषणापत्र बनाउन पनि सहमति नजिक पुगेका छन्। यस्तो अभ्यास यसअघि पनि भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

२०७४ सालको निर्वाचनमा वामगठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साझा घोषणापत्र बनाएर निर्वाचनमा होमिएका थिए। 

एउटै चिह्न र एउटै घोषणापत्र बनाएर चुनाव लड्नुको आशय कालान्तरमा पार्टी एकता गर्ने भन्ने बुझिन्छ। एमाले र माओवादी केन्द्रबीच एकता र विभाजन पनि भइसकेको छ।

अहिले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न र घोषणापत्र बनाउन सहमति नजिक पुगे पनि पार्टी एकता नै गर्ने भन्ने विषयमा भने चर्चा नभएको पाण्डेले बताए। 'कालान्तरमा पार्टी एकता गर्ने विषयमा अहिले छलफल भएको छैन। अहिले निर्वाचनमा मात्रै केन्द्रित छौं', उनले भने।

भट्टराईले सार्वजनिक रुपमै कम्युनिस्ट नामको पार्टीप्रति अरुचि देखाउने गरेका छन्। उनले समाजवादी पार्टी बनाउनुपर्ने मत राख्दै आएका छन्।

उता प्रचण्ड र उनी निकटका नेताहरुले भने भट्टराईलाई माओवादीमै फर्किन आग्रह गर्ने गरेका छन्। त्यसो त, कतिपय वामपन्थी पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने चर्चा पनि चलिरहेको छ।

२०७४ सालको निर्वाचनमा भट्टराई गोरखा-२ बाट निर्वाचित भएका थिए। नयाँ शक्तिबाट उम्मेदवार बनेका उनले कांग्रेसको सहयोगमा वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। 

भट्टराईलाई माओवादी निकट बनाउने विषयलाई श्रेष्ठले नरुचाएको प्रचण्ड निकट माओवादी केन्द्रका नेताहरु बताउँछन्। श्रेष्ठ  राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बन्ने योजनामा रहेको बताइन्छ।

शान्ति प्रक्रियामा आएसँगै माओवादीमा तीन ध्रुव थियो, प्रचण्ड, भट्टराई र मोहन वैद्य नेतृत्वमा। त्यतिबेला प्रचण्डले आफूलाई अल्पमतमा पुग्न नदिन श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकता गरेका थिए। 

जुन एकता प्रचण्डका निम्ति सहयोगी पनि भएको थियो। तर पछिल्लो समय प्रचण्ड र श्रेष्ठबीचको सम्बन्धमा दरार आउँदै गएको माओवादीका नेताहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्र... बिहीबार, असार ३२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बिहीबार, असार ३२, २०८३
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल... बिहीबार, असार ३२, २०८३
ताजा समाचारसबै
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्