काठमाडौं– प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले धर्ना सुरु गरेको छ। एक हप्ताको अल्टिमेटम दिँदासमेत माग सम्बोधन नभएको भन्दै मधेश सरकारले आइतबारबाट धर्ना सुरु गरेको हो।
प्रदेश सरकारको कार्यकालयमा आइतबारबाट मुख्यमन्त्री लालबाबु राउतसहितका अन्य मन्त्रीहरु धर्नामा बसेका हुन्।
प्रहरी समायोजनमा संघीय सरकार बाधक भएको र संघीय सरकारले समायोजन गर्नै नचाहेको भन्दै उनीहरु धर्नामा उत्रिएका हुन्।
आइतबारदेखि उनीहरुले एक सातासम्म दैनिक २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको छ। त्यसबाट पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गरिने मधेश प्रदेशले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।