काठमाडौं– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौं महानगरपालिकाभित्रको फोहोरको अवस्थालाई लिएर व्यङ्ग्य गरेका छन्।
उनले आइतबार सामाजिक सञ्जाल फेसबूकमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको हरिविजोक भएको टिप्पणी गरेका छन्।
साथै उनले व्यङ्ग्य गर्दै आफूलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि श्रमदान गर्न मन लागेको बताएका छन्।
उनले काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डा–खुल्डी भए पनि धरान नै सफा लाग्ने टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा–खुल्डी बाटो भए पनि धरानै सफा लागो! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो!’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।