काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चर्तुमुखी ब्रह्माजस्तो पाँचतिर फर्केको भनेर टिप्पणी गरेका छन्। यस्तै यो गन्तव्यविहीन सरकार भएकाले देशको विकास नभएको आरोप लगाएका छन्।
राष्ट्रिय आर्थिक मासिकको वार्षिकोत्सव समाहोरमा आइतबार बोल्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्।
‘यो सरकार रहने हो भने देश बर्बादतिर जान्छ। यो सरकारलाई अभिलम्ब हटाउनुपर्छ। अब कम्तिमा मंसिर ४ सम्म त पर्खिनु नै पर्यो,’ ओलीले भने,‘यो गन्तव्य नै नभएको सरकार, चर्तुमुखी ब्रम्हाजस्तो पाँचतिर फर्केको, पाँचवटा उद्देश्य बोकेर पाँचतिर हिनेको छ। अनि कसरी हुन्छ देशको विकास?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।