• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको एकलौटीको प्रतिवादमा 'कमजोर' शेखर : टिकट नपाउने भयले दबाब बढाउँदै उनीपक्षीय नेताहरू

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  ११:३३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एकलौटी निर्णयको प्रतिवादमा आफ्नो समूहको नेता शेखर कोइराला 'कमजोर' देखिएको निष्कर्ष उनी पक्षधर नेताहरुले निकालेका छन्। देउवाको 'प्रतिस्पर्धी' समूहले अहिले पनि दबाब दिन नसके आगामी संघीय र प्रदेश सभाको निर्वाचनमा टिकट नपाउने त्रास उनीहरुमा सिर्जना भएको छ।

१४ औं महाधिवेशनको प्रतिस्पर्धी समूह 'शेखरपक्ष'का केही नेताले सशक्त प्रतिवादका लागि आफूपक्षीय नेता तथा कार्यसमितिका पदाधिकारीमाथि दबाब बढाउन थालेका हुन्। आइतबार २ बजे कोइराला निवासमा आफूले शनिबार निकालेका निष्कर्ष सुनाउने कार्यक्रम रहेको उनीहरुमध्येका एक गुरुराज घिमिरेले जानकारी दिए। 

केन्द्रीय समितिदेखि भातृ संगठनसम्मका नियुक्तिमा देउवाले आफू पक्षका नेता-कार्यकर्तालाई प्राथमिकता दिइरहेका छन्। शुक्रबार नेपाल महिला  संघको अध्यक्षमा पनि देउवा पक्षकै नेता उषाकुमारी राउत मिश्र मनोनित भएकी छिन्। यसअघि नेपाल विद्यार्थी संघ र तरुण दलमा पनि देउवा पक्षकैले नेतृत्व पाएका छन्। केन्द्रीय समितिमा मनोनित गर्दा पनि अधिकांश आफूपक्षीय, त्यसपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई महत्त्व दिएका थिए भने आफूसँग प्रतिस्पर्धा गरेका कोइराला पक्षका कोही परेका थिएनन्। 

उपसभामुखमा पुष्पा भूसाल देउवा पक्षकै नेता बनाइएकी छिन् भने पार्टीका प्रमुख सचेतक उनीनिकटकै मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। प्रदेश सभाका विभिन्न ठाउँमा समेत आफ्नो पक्षलाई किनारमा पारिएको शेखर पक्षीय नेताहरुको भेलाको निष्कर्ष छ।  

१४औं महाधिवेशनपछि केन्द्री सदस्य मनोनित गर्दा नै कोइराला पक्षले असहमति राखेको थियो। तर, देउवामा त्यसको असर देखिएको छैन। घिमिरेले सभापति देउवाले १३औं महाधिवेशनपछि अपनाएको कार्यशैलीलाई निरन्तरता दिएको निष्कर्ष आफूहरुले निकालेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने,  'उहाँले १३औं महाधिवेशनकै बाटो अख्तियार गर्नुभयो। १४औं महाधिवेशनपछि उहाँले केन्द्रीय समिति र भातृ संगठनमा मनोनित गर्नुभयो, राष्ट्रिय सभा र स्थानिय निर्वाचन नै भयो। राजदूत नियुक्तिलगायत भए। यी दर्जनौं निर्णयमा कहीँ पनि १४औं महाधिवेशनको प्रतिस्पर्धी समूह समेटिएन। सल्लाह लिन उपयुक्त ठानिएन।'

देउवाको निरन्तर एकलौटीले निर्वाचनको संघारमा कोइरालापक्षका कार्यकर्ता झस्किएका छन्। कोइरालाले देउवासँग प्रष्ट रुपमा आफ्नो बटमलाइन प्रस्तुत गर्न नसके टिकट वितरणमा समेत एकलौटी गर्न सक्ने उनी पक्षका नेताहरुमा त्रास छ। 

नेपाली कांग्रेसमा टिकटको टुंगो लगाउने संसदीय बोर्डको व्यवस्था छ। जसको गठनमा सभापति देउवाको अरुचि छ। सत्तापक्षीय गठबन्धनले आगामी निर्वाचन तालमेल गरेरै लड्ने निर्णय गरेको छ। पाँच दल सत्तामा रहेका र लोकतान्त्रिक समाजवादी समेत गरी ६ दल बनाएर चुनाव लड्दा कांग्रेसको भागमा आधा भन्दा केही मात्रै बढी सिट पर्नेछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संसदीय बोर्ड गठन नहुँदा देउवाले अहिलेकै कार्यशैली दोहोर्‍याएर आफू पक्षीयलाई मात्रै टिकट दिने डर शेखर पक्षका नेतामा छ। घिमिरे भन्छन्,  'हाल उहाँले गरेका दर्जनौं निर्णयलाई हेर्दा आगामी निर्वाचनमा के गर्नुहोला? भन्ने स्वाभाविक प्रश्न छ। यदि यही कार्यशैली दोहोरियो भने पार्टी नै संकटमा पर्छ। पार्टी संकटमा पर्दा लोकतन्त्र संकटमा पर्छ। त्यसैले बेलेमा हाम्रा नेताहरुको त्यसतर्फ ध्यानाकर्षण गराउनुपर्ने हामीले देखेका छौं।'

पार्टीमा आवद्ध नेता-कार्यकर्ताको समुचित मूल्यांकन नहुने चिन्ता बढेको उनले बताए। देउवाको परम्परागत पार्टी सञ्चायलन विधिले धेरै नेता-कार्यकर्ता अन्यायमा पर्ने आकलन गरेर आफूहरुले दबाब बढाएको घिमिरेको भनाइ छ। उनीहरुको शेखरप्रति अपेक्षा हुनेछ- गठबन्धनका साझेदार दलहरुका साथै पार्टीभित्रको प्रतिस्पर्धी समूहका लागि समेत देउवाले निश्चित प्रतिशत छुट्याएर टिकट बाँडफाँट गर्नुपर्छ भनेर कुरा राखियोस्।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डीआईजी काठमाडौँमा
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड
सम्बन्धित सामग्री
आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डीआईजी काठमाडौँमा आईजीपी कार्कीको अध्यक्षतामा बस्ने बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र त्यसभन्दा माथिल्लो दर्जाका अधिकारी सहभागी हुनेछन्। प्रहर... बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) झापा प्रहरीले उनलाई पक्राउ गर्नुको साटो हतारहतार ‘फरार अभियुक्त’को सूचीमा राखेर सरकारी वकिलसमक्ष मुद्दा बुझाएको छ। बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीवार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र प... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डीआईजी काठमाडौँमा बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्