• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको एकलौटीको प्रतिवादमा 'कमजोर' शेखर : टिकट नपाउने भयले दबाब बढाउँदै उनीपक्षीय नेताहरू

64x64
नेपाल लाइभ आइतबार, साउन २९, २०७९  ११:३३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एकलौटी निर्णयको प्रतिवादमा आफ्नो समूहको नेता शेखर कोइराला 'कमजोर' देखिएको निष्कर्ष उनी पक्षधर नेताहरुले निकालेका छन्। देउवाको 'प्रतिस्पर्धी' समूहले अहिले पनि दबाब दिन नसके आगामी संघीय र प्रदेश सभाको निर्वाचनमा टिकट नपाउने त्रास उनीहरुमा सिर्जना भएको छ।

१४ औं महाधिवेशनको प्रतिस्पर्धी समूह 'शेखरपक्ष'का केही नेताले सशक्त प्रतिवादका लागि आफूपक्षीय नेता तथा कार्यसमितिका पदाधिकारीमाथि दबाब बढाउन थालेका हुन्। आइतबार २ बजे कोइराला निवासमा आफूले शनिबार निकालेका निष्कर्ष सुनाउने कार्यक्रम रहेको उनीहरुमध्येका एक गुरुराज घिमिरेले जानकारी दिए। 

केन्द्रीय समितिदेखि भातृ संगठनसम्मका नियुक्तिमा देउवाले आफू पक्षका नेता-कार्यकर्तालाई प्राथमिकता दिइरहेका छन्। शुक्रबार नेपाल महिला  संघको अध्यक्षमा पनि देउवा पक्षकै नेता उषाकुमारी राउत मिश्र मनोनित भएकी छिन्। यसअघि नेपाल विद्यार्थी संघ र तरुण दलमा पनि देउवा पक्षकैले नेतृत्व पाएका छन्। केन्द्रीय समितिमा मनोनित गर्दा पनि अधिकांश आफूपक्षीय, त्यसपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई महत्त्व दिएका थिए भने आफूसँग प्रतिस्पर्धा गरेका कोइराला पक्षका कोही परेका थिएनन्। 

उपसभामुखमा पुष्पा भूसाल देउवा पक्षकै नेता बनाइएकी छिन् भने पार्टीका प्रमुख सचेतक उनीनिकटकै मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। प्रदेश सभाका विभिन्न ठाउँमा समेत आफ्नो पक्षलाई किनारमा पारिएको शेखर पक्षीय नेताहरुको भेलाको निष्कर्ष छ।  

१४औं महाधिवेशनपछि केन्द्री सदस्य मनोनित गर्दा नै कोइराला पक्षले असहमति राखेको थियो। तर, देउवामा त्यसको असर देखिएको छैन। घिमिरेले सभापति देउवाले १३औं महाधिवेशनपछि अपनाएको कार्यशैलीलाई निरन्तरता दिएको निष्कर्ष आफूहरुले निकालेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले भने,  'उहाँले १३औं महाधिवेशनकै बाटो अख्तियार गर्नुभयो। १४औं महाधिवेशनपछि उहाँले केन्द्रीय समिति र भातृ संगठनमा मनोनित गर्नुभयो, राष्ट्रिय सभा र स्थानिय निर्वाचन नै भयो। राजदूत नियुक्तिलगायत भए। यी दर्जनौं निर्णयमा कहीँ पनि १४औं महाधिवेशनको प्रतिस्पर्धी समूह समेटिएन। सल्लाह लिन उपयुक्त ठानिएन।'

देउवाको निरन्तर एकलौटीले निर्वाचनको संघारमा कोइरालापक्षका कार्यकर्ता झस्किएका छन्। कोइरालाले देउवासँग प्रष्ट रुपमा आफ्नो बटमलाइन प्रस्तुत गर्न नसके टिकट वितरणमा समेत एकलौटी गर्न सक्ने उनी पक्षका नेताहरुमा त्रास छ। 

नेपाली कांग्रेसमा टिकटको टुंगो लगाउने संसदीय बोर्डको व्यवस्था छ। जसको गठनमा सभापति देउवाको अरुचि छ। सत्तापक्षीय गठबन्धनले आगामी निर्वाचन तालमेल गरेरै लड्ने निर्णय गरेको छ। पाँच दल सत्तामा रहेका र लोकतान्त्रिक समाजवादी समेत गरी ६ दल बनाएर चुनाव लड्दा कांग्रेसको भागमा आधा भन्दा केही मात्रै बढी सिट पर्नेछन्। 

संसदीय बोर्ड गठन नहुँदा देउवाले अहिलेकै कार्यशैली दोहोर्‍याएर आफू पक्षीयलाई मात्रै टिकट दिने डर शेखर पक्षका नेतामा छ। घिमिरे भन्छन्,  'हाल उहाँले गरेका दर्जनौं निर्णयलाई हेर्दा आगामी निर्वाचनमा के गर्नुहोला? भन्ने स्वाभाविक प्रश्न छ। यदि यही कार्यशैली दोहोरियो भने पार्टी नै संकटमा पर्छ। पार्टी संकटमा पर्दा लोकतन्त्र संकटमा पर्छ। त्यसैले बेलेमा हाम्रा नेताहरुको त्यसतर्फ ध्यानाकर्षण गराउनुपर्ने हामीले देखेका छौं।'

पार्टीमा आवद्ध नेता-कार्यकर्ताको समुचित मूल्यांकन नहुने चिन्ता बढेको उनले बताए। देउवाको परम्परागत पार्टी सञ्चायलन विधिले धेरै नेता-कार्यकर्ता अन्यायमा पर्ने आकलन गरेर आफूहरुले दबाब बढाएको घिमिरेको भनाइ छ। उनीहरुको शेखरप्रति अपेक्षा हुनेछ- गठबन्धनका साझेदार दलहरुका साथै पार्टीभित्रको प्रतिस्पर्धी समूहका लागि समेत देउवाले निश्चित प्रतिशत छुट्याएर टिकट बाँडफाँट गर्नुपर्छ भनेर कुरा राखियोस्।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको... सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्