काठमाडौं– संस्थापन पक्ष एकलौटी रूपमा अघि बढेको भन्दै नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरूले आज आइतबार डा. शेखर कोइरालालाई ध्यानाकर्षण पत्र बुझाउँदैछन्।
जगदीश नरसिंह केसी, गुरुरराज घिमिरे, रञ्जित कर्ण लगायतको टिमले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो। साथै आगामी निर्वाचनका बारेमा छलफल हुने कार्यक्रम छ।
यसअघि शनिबार शेखर पक्षले छुट्टै भेला गर्दै पार्टीभित्र अस्तित्वको लडाइँ सुरु भएको बताएको थियो। नेताहरूले अब ४० प्रतिशत भाग पाउनुपर्ने माग राखेका छन्।
शनिबार नै कोइराला समूहका विद्यार्थीहरूले सभापतिको एकलौटीपनविरूद्ध उभिन आफ्नै पक्षका नेतालाई ध्यानाकर्षण गराएका थिए।
उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, कोइराला, नेता अर्जुननरसिंह केसीसहित नेतालाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
सभापति देउवाले एकलौटी गरेकोले रचनात्मक विद्रोह गर्न नेताहरूलाई ध्यानाकर्षण गराएको विद्यार्थी नेताहरूले बताएका छन्।
देउवाले नेविसंघ, तरूण दल, किसान संघ, आदिवासी जनजाति महासंघ, महिला संघलगायतमा आफूनिकटलाई अध्यक्ष बनाएको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।