प्रतिकात्मक तस्बिर।
दाङ- पौडी खेल्ने क्रममा दाङमा एक जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुरका २६ वर्षीय निराजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए।
प्रहरी प्रमुख काफ्लेका अनुसार शनिबार साथीहरूसँग घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मुसोट खोलाको दोभानमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो।
दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वार्टरका डीएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो।
खोजतलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतक निराजन आफ्ना अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।