काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई बुढ्यौली लागेको र लौरी टेकेर पनि अडिन नसक्ने भएको बताएका छन्। लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले आफूलाई कांग्रेसको माया लागेको बताए।
'बिचरा कांग्रेस, माया लाग्छ मलाई। मान्छेलाई त ७३, ७५, ८०, ८५, ९० मा अलिकति बुढौली लाग्छ। एउटा पार्टी त जवान हुन्छ नि ८०, ९०, १००, २०० वर्षमा। कांग्रेस के भएको? लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो। अडिनै नसक्ने, खुट्टै टेक्न नसक्ने भइसक्यो', उनले भने।
ओलीले कांग्रेस अडिन नसक्ने भएकैले प्रचण्ड वा अरु खोज्न थालेको बताए। 'लौ न भन्दै हात समातेको छ। के भएको कांग्रेस। पार्टी त यति साह्रो त नहुनुपर्ने', ओलीले भने।
उनले लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको भन्दै आलोचना पनि गरे। 'गलत नियतका मान्छेहरुको संगतमा हो कि, आफ्नै नियत हो। लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको छ। प्रतिस्पर्धातर्फ होइन। दुश्मनीतर्फ, लडाइँ झगडातर्फ लैजान खोजिरहेको छ। जुन देशका लागि भोलि गएर अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ', उनले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।