काठमाडौं– सरकार र नेपाल चिकित्सक संघ बीच भएको सम्झौताको विरोधमा निस्किएको र्यालीमा न्युन उपस्थिति देखिएको छ। डक्टर्स सोसाइटी अफ नेपालको अगुवाइमा भएको विरोध कार्यक्रममा औंलामा गन्न सकिने डाक्टरहरुले मात्रै उपस्थिति जनाएका थिए।
असुरक्षाको प्रतिक स्वरुप शनिबार ‘बृहत् हेलमेट जुलुस’ आयोजना गरिएको थियो।
युवा डाक्टरका ११ संगठनको समर्थन रहेको भनिएको आन्दोलनमा मुश्किलले २२ जना डाक्टरको उपस्थिति रह्यो। हेलमेट लगाएर जुलुसमा आउने डाक्टरको संख्या झनै कम थियो।
दिउसो ११ बजेदेखि भनेपनि १२ः३० मा निस्किएको र्यालीमा सहभागी भन्दा धेरै प्रहरी थिए।
र्यालीमा डाक्टरहरुको न्यून उपस्थिति रमितेहरुलाई भने ठट्टाको विषय बनेको थियो, ‘डाक्टरको जुलुसमा प्रहरी आएका हुन् कि प्रहरीको जुलुसमा डाक्टर!’
आन्दोलनरत संगठनहरुः
मागहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।