काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन्।
केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापन पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए।
उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न नेतृत्वलाई आग्रह गरेका छन्। उनले सभापति देउवालाई मनपरी ढंगले टिकट वितरण गरे त्यसको परिणम राम्रो नहुने चेतावनीसमेत दिएका छन्।
केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरीत हुने भएकाले त्यसबारे छलफल गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।