काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। शनिबार बिहान पार्टी कार्यालयमा बसेको बैठकमा सत्ता गठबन्धनबाट सिट बाँडफाँट गर्न गठित कार्यदलको समेत सदस्य रहेका नेताहरुले ब्रिफिङ गरेका थिए।
'उहाँहरुले कार्यदलको बैठकमा भइरहेको छलफलको ब्रिफिङ गर्नुभयो। कांग्रेस, एकीकृत समाजवादीलगायतले प्रस्तुत गरेका धारणा पनि जानकारी गराउनुभयो', माओवादीका एक स्थायी समिति सदस्यले भने।
त्यस्तै, बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा पार्टीका कुन–कुन नेताले प्रतिस्पर्धा गर्नैपर्ने, कुन क्षेत्र छाड्न नहुने र कुन क्षेत्र छाड्दा पनि हुने लगायतका विषयमा ब्रिफिङ गरेका थिए। उनले ती विषयमा गृहकार्य गर्न र कार्यदल बैठकमा प्रस्तुत गर्न आग्रह गरेका थिए।
प्रचण्डले कांग्रेसले अन्तिममा ८० सिटमा सहमति जनाउन सक्ने ब्रिफिङ गरेका थिए।
कार्यदलको बैठकमा यसअघि सिट बाँडफाँटका विषयमा छलफल भएको थियो। अर्को बैठक यही साउन ३० मा बस्दै छ।
बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको विषयमा पनि ब्रिफिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।