काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्ने भएको छ। बैक शनिबार विहान ९:३० बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।
बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभा प्रयोजनका लागि दल दर्तासम्बन्धी छलफल र निर्णय हुने जनाइएको छ।
यस्तै, चुनावमा गठबन्धन कायम राखेर सिटहरुको बाँडफाँटका विषयमा पनि बैठकमा कुराकानी हुने नेताहरुले जानकारी दिएका छन्।
सत्ता पक्षीय दलहरुबीच आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति भइसकेको छ। चुनावमा सिटहरुको बाँडफाँटका लागि पाँचै दलका प्रतिनिधि (नेताहरु) सम्मेलित कार्यदल गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।