• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यूरोपमा खडेरी: जलचर बचाउन समस्या, पानीको प्रयोगमा प्रतिबन्ध लगाउँदै देशहरु

64x64
नेपाल लाइभ शनिबार, साउन २८, २०७९  ०६:२७
1140x725

लक्स (फ्रान्स)– कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ। जहाँ सुख्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ। 

लामो खडेरीले यूरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ। यसले कृषि अर्थतन्त्रलाई क्षति पुर्‍याइरहेको छ, पानीमा अभाव भएको छ, डढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ।  

पश्चिमी, मध्य र दक्षिणी यूरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन। खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो ५०० वर्षमा सबैभन्दा खराब खडेरी हुन सक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन्। 

जलवायु परिवर्तनले परिस्थितिलाई थप जटिल बनाइरहेको छ। तातो तापक्रमले वाष्पीकरणलाई गति दिने, तिर्खाएका बोटबिरुवाले बढी आर्द्रता लिने र हिउँदमा कम हिमपातले गर्मीयाममा सिँचाइका लागि उपलब्ध ताजा पानीको आपूर्तिलाई सीमित गर्ने अवस्था आएको छ। पूर्वी अफ्रिका, पश्चिमी अमेरिका र उत्तरी मेक्सिकोमा पनि खडेरीको अवस्था देखिएको छ।

लक्सको १५ मिटर चौडा (५० फिट चौडा) नदीको किनारमा हिँड्दै गर्दा स्थानीय ‘फेडेरेसन फर फिसिङ एन्ड प्रोटेक्सन अफ द एक्वाटिक इन्भाइरोमेन्ट’का प्रमुख टेक्निसियन जाँ फिलीप कौसनले टिलेमा मरेका माछाका प्रजातिहरूको लामो सूची सार्वजनिक गर्दै भने, ‘यो हृदयविदारक छ।’  औसतमा, प्रति सेकेन्ड लगभग ८ हजार लिटरका दरले पानी बग्ने नदीमा  अहिले पानी खोज्नुपर्ने अवस्था आएको छ। 

केही क्षेत्रहरूमा खाडलहरूमा जमेको पानीको घोलमा फिस ल्याडरको सहायतामा ताजा पानीमा पाइने ट्राउट र अन्य प्रजातिका माछा आश्रय लिन बाध्य बनेका देखिन्छन्। तर यस्तो प्रणाली सबै ठाउँमा उपलब्ध छैन।

कौसनले भने, ‘पानी परेन भने पक्कै पनि नदी खाली हुँदै (सुक्दै)जानेछ र सबै माछाहरू मर्नेछन्। उनीहरू नदीको माथिल्लो र तल्लो भागतिर फसेका छन्, त्यहाँ अहिले पानी बगेर आउँदैन, त्यसैले अक्सिजनको स्तर घट्दै जानेछ किनकि (पानी) को मात्रा घट्नेछ। यी प्रजातिहरू बिस्तारै लोप हुँदै जानेछन्।’

महासंघका क्षेत्रीय प्रमुख ज्याँ पियरे सोनभिकोले खडेरी लम्बिँदै जाँदा अन्य जलमार्गहरू पनि प्रभावित हुने सम्भावना भएकोले माछालाई अन्य नदीमा डाइभर्ट गर्दा कुनै फाइदा नहुने बताउँछन्। थोरै पानीमा जलचरको अत्यधिक भीडभाड हुने र अक्सिजनको कमी भई धेरै माछाको मृत्यु हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘हो, यो नाटकीय अवस्था छ तर हामी के गर्न सक्छौं ? केही सक्दैनौ। हामी पर्खिरहेका छौं, वर्षाको साथ आँधीबेहरीको आशा गरिरहेका छौं, तर आँधीबेहरी धेरै स्थानीय हो त्यसैले हामी यसमा भरोसा गर्न सक्दैनौं।’ 

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले यसै साता खडेरीको अवस्था झनै खराब हुने र यसले महाद्वीपको ४७ प्रतिशत भू–भागलाई प्रभावित पार्ने चेतावनी दिएको छ।

यूरोपेली खडेरी अवलोकनका वरिष्ठ अनुसन्धाता एन्ड्रिया टोरेटीका अनुसार सन् २०१८ को खडेरी यति विकराल थियो कि विगत ५०० वर्षदेखि यस्तो अवस्था आएको थिएन। यो बर्ष त्योभन्दा अझै खराब अवस्था रहने उनको भनाइ छ। 

टोरेटी भन्छन्, ‘आगामी ३ महिनासम्म अझै पनि पश्चिमी र मध्य यूरोपका साथै बेलायतमा सुख्खा अवस्थाको उच्च जोखिम हामीले देख्छौं।’

Xtrem

Xtrem

बर्लिन नजिकैको ‘पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का मौसमविद् पिटर होफम्यानका अनुसार विश्व मौसम प्रणालीमा आएको परिवर्तनका कारण लामो समयसम्म सुख्खा मौसमको कारण अहिलेको अवस्था आएको हो।

‘गर्मीयाममा हामी यसलाई सबैभन्दा बढी महसुस गर्छौं,’ उनले भने, ‘तर वास्तवमा खडेरी वर्षभरि नै बढ्दै जान्छ।’ 

जलवायु परिवर्तनले क्षेत्रहरूबीचको तापमान भिन्नतालाई कम गरेको उनी बताउँछन्।  ‘जेट स्ट्रिमलाई ल्याउने मौसमी सामर्थ्यलाई कम गरेको छ, जसले सामान्यतया यूरोपमा एटलांटिक मौसमले सामान्य बर्षा गराउँछ,’ उनी भन्छन्।  

कमजोर वा अस्थिर ‘जेट स्ट्रिम’को परिणाम उत्तरी अफ्रिकाबाट यूरोपमा असामान्य रूपमा तातो हावा आउन सक्छ र यसले लामो समयसम्म अत्यधिक खडेरी पर्न सक्छ। हफम्यानका अनुसार हालैका वर्षहरूका अवलोकनहरूले विद्यमान जलवायु अध्ययन प्रणालीहरूले भविष्यवाणी गरेभन्दा माथिल्लो तहमा पुगेको देखाएका छन्। 

खडेरीका कारण केही युरोपेली देशहरूले पानीको प्रयोगमा प्रतिबन्ध लगाएका छन् र राइन र डेन्यूब नदीमा जल यातायात खतरामा परेको छ। आगामी दिनमा राइन नदीको बहाव निकै न्यून स्तरमा पुग्न सक्ने छ, जसले गर्दा कोइला र पेट्रोललगायतका सामानको ढुवानी कठिन हुँदै जानेछ। डेन्यूब नदीमा सर्बियाका अधिकारीहरूले जलमार्गलाई गहिरो बनाउन र डुङ्गा तथा पानीजहाजहरूलाई सहज रूपमा चलाउन बालुवा निकाल्न सुरु गरेका छन्।

छिमेकी मुलुक हंगेरीमा बुडापेस्ट नजिकैको लोकप्रिय भेलेन्स तालको ठूलो भाग सुक्का भूमिमा परिणत भएको छ। वन्यजन्तुको सुरक्षाका लागि हा र पानीको संचारका लागि उपकरणहरू जोडिएको छ, तर पानीको गुणस्तर यस बिन्दुसम्म बिग्रिएको छ कि गत साताको अन्त्यमा समुद्रको एउटा किनारामा पौडी खेल्न प्रतिबन्ध लगाइएको थियो। इटालीको सबैभन्दा लामो नदी पोको सतह पनि यति पातालिएको छ जसका कारण दशकौं अघि डुबेका डुङ्गाहरू फेरि सतहमा देखिन थालेका छन्। 

खडेरीले दक्षिणी इंग्ल्याण्डलाई पनि प्रभावित गरेको छ, जहाँ जुलाईमा औसत वर्षा १०% मात्र भएको थियो। अग्निनियन्त्रकहरूले अथक रूपमा घाँसमा लागेको डढेलोसँग लडिरहेका छन् र धेरै क्षेत्रहरूमा पानीको सतह घटेको भन्दै मानिसहरूलाई उनीहरूको बगैंचामा पानी हाल्न प्रतिबन्ध लगाइएको छ। 

रिभर्स ट्रस्ट च्यारिटीका अनुसार इङ्ल्यान्डका ‘चक स्ट्रिम’हरू सुक्दै गएको छ, जसले किंगफिशर र ट्राउट जस्ता जलचर तथा वन्यजन्तुहरूलाई खतरामा पारिरहेको छ।

वर्षा बिना लामो समयसम्म अभ्यस्त रहने स्पेन र पोर्चुगललगायतका देशहरूमा पनि ठूलो पर्यावरणीइ हलचलहरू आएका छन्। स्पेनको अन्डालुसिया क्षेत्रमा केही एभोकाडो किसानहरूले अरूलाई कुहिनबाट जोगाउन सयौं रूखहरू त्याग्नुपरेको छ किनभने मालागा प्रान्तको विनुएला जलाशय क्षमताको केवल १३ प्रतिशतमा झरेको छ, जुन एक वर्ष पहिलेको तुलनामा ५५% कम हो।

केही युरोपेली किसानहरूले पोखरी र खोलाहरू सुकेका क्षेत्रहरूमा आफ्ना पशुचौपायाका लागि धाराको पानी प्रयोग गरिरहेका छन्। उनीहरूले एक गाईका लागि प्रतिदिन एकसय लिटरका दरले पानी पाइरहेका छन्।

सामान्यतया हरियो बरगन्डीमा, पेरिसको सेन नदीको मुहान क्षेत्रमा घाँस पहेंलो–खैरो भएको छ र ट्र्याक्टरहरूले धूलोको विशाल बादललाई उडाउने गर्छन्।

एस एण्ड पी ग्लोबल कमोडिटी इनसाइट्सको एक रिपोर्टअनुसार ईयूको मकै उत्पादन गत वर्षभन्दा एक करोड २० लाख ५० हजार टन कम हुने अनुमान गरिएको छ र सूर्यमुखी उत्पादन १.६ मिलियन टन कम हुने अनुमान गरिएको छ। रासस/एपी

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्