काठमाडौं–प्रख्यात लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला उनीमाथि आक्रमण भएको हो।
प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा उद्घोषकले उनको परिचय गराइरहेका बेला एक व्यक्तिले मन्चमै चढेर आक्रमण गरेका थिए । आक्रमणकारीले रुस्दीको घाँटीमा छुरा प्रहार गरेको र उनको स्थिति गम्भीर रहेको बताइएको छ।
आक्रमणलगत्तै कार्यक्रमस्थलमा रहेकाहरुले आक्रमणकारीलाई पक्राउ गरेका थिए। बुकर पुरस्कार विजेता रुस्दी बहुचर्चित पुस्तक ‘सटानिक भर्सेज’ का लेखक हुन्।
‘सटानिक भर्सेस’ लेखेपछि इस्लामिक अतिवादीहरुले उनको ज्यान लिने धम्की दिएका थिए। इरानी सर्वोच्च नेता आयातोल्लाह खमेनीले रुस्दीको हत्या गर्नेलाई ३० लाख डलरको पुरस्कार घोषणा गरेका थिए। उक्त पुस्तकको प्रकाशनपछि भएका हिंसात्मक घटनामा दर्जनौं मानिसको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।