रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ मा रहेको गोसाईकुण्डमा धार्मिक यात्राबाट फर्किने क्रममा बिरामी परेकी तीर्थयात्रीको प्रहरीले पिठ्यूँमा बोकेर उद्धार गरेको छ।
1660306493.jpg)
शुक्रबार बिहान १०:४० बजेतिर तीर्थयात्राबाट फर्किँदै गरेकी नुवाकोटको ककनी गाउँपालिका–८ की ५० वर्षीया नारायणी भण्डारीको प्रहरीले उद्धार गरेको हो।
1660306493.jpg)
उनी तीर्थ यात्राबाट फर्किने क्रममा टाउको दुख्ने, जिउ दुख्ने र रिगाँटा लाग्ने समस्या भएर हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन्।
1660306491.jpg)
उनी हिँड्न नसक्ने अवस्थामा पुगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले पिठ्यूँमा बोकेर लौरी बिनायकसम्म ल्याएको थियो। त्यहाँ रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपछि धुन्चेतर्फ ल्याइएको प्रहरीले जनाएको छ।
1660306491.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।