काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरपुस्ता ज्ञान तथा सीप हस्तान्तरण कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
विश्व युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेका कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कुरा बताएका हुन्।
‘अन्तरपुस्ता ज्ञान तथा सीप हस्तान्तरण कार्यक्रमलाई थप प्रवर्द्धन गर्नुपर्ने हुन्छ,’ प्रधानमन्त्री देउवाले भने,‘अन्तरपुस्ता सहकार्यका लागि चुनौती रहेकाले यसलाई अवसरमा परिवर्तन गर्नुपर्छ। सबै पुस्ता सुरक्षित न्यायका साथ अघि बढ्न आग्रह गर्दछु।’
यस्तै प्रधानमन्त्री देउवाले युवामा रहेको शैक्षिक बेरोजगारीको अन्त्यको आवश्यकता रहेकोले सरकारले विभिन्न कार्यक्रममार्फत् ध्यान पुर्याइरहेको पनि बताएका छन्।
‘युवामा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक रहेको छ,’ देउवाले भने, ‘सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण तथा कार्यसम्पादन गरी युवा उद्यमशीलता र राजगारी प्रवर्द्धन, नेतृत्व विकास, र युवा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ र आगामी दिनमा अझै प्रभावकारी बनाउन सरकारले ध्यान पुर्याइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।