काठमाडौं– सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य बढेको छ।
नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सात सय रूपैयाँले बढेर ९७ हजार तीन सय तोकिएको छ। सुन बिहीबार ९६ हजार ६०० मा कारोबार भएका थियो।
शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार १०० थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।